राजाबादीको आन्दोलन हेर्दा गणतन्त्र सुरक्षित छैन : केसी



काठमाडौं, २२ चैत्र । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गणतन्त्रपक्षधर शक्ति सचेत हुनुपर्ने बेला आएको टिप्पणी गरेका छन्।

सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शुक्रबार बोल्दै सांसद केसीले अहिले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ आन्दोलन भइ रहेको बताउंदै सो कुरा बताएका हुन्।राजावादीहरुको आन्दोलन हेर्दा अहिलेको व्यवस्था सुरक्षित नभएको उनको भनाई थियो।

‘संविधानभित्रका कतिपय कुराहरूमा त हाम्रो मतभेद हुनसक्छ, जनतामा प्रभाव पारेर आफ्नो पक्षमा जनमत ल्याएर असहमति भएको विषयलाई हटाउने हो ।’- उनले भने।

तिनकुने प्रदर्शनबारे संसदीय समितिले आज गृहमन्त्री रमेश लेखकलाई बोलाएर सोधपुछ गरेको हो । गृहमन्त्री लेखकले तिनकुने घट्नाको सरकारले निश्पक्ष र स्वतन्त्र छानबिन गर्ने विश्वास दिलाएका छन् ।- file foto

प्रतिक्रिया दिनुहोस्