पार्टीहरु मिलेर तिनुकुनेमा जनतालाई दमन गर्ने काम भयो : कांग्रेस सांसद शर्मा



काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवल शमशेर जबरासहित तिनकुने घटनामा पक्राउ परेका अन्य आन्दोलनकारीहरुलाई बिना सर्त रिहाई गर्नुपर्ने बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले कार्यक्रम हुनुपूर्व नै सरकारको तर्फबाट अश्रुग्याँस र हवाई फायर भएपछि आन्दोलनकारीहरू बिथोलिएको बताउँदै घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाई थियो। 

तिनकुनेमा पार्टीहरू मिलेर जनतामाथि दमन गरेको आरोप लगाउंदै सांसद शर्माले आक्रान्त जनताका माग सम्बोधन नगरीकन लोकतन्त्रको नाममा अश्रुग्याँस हानिएको बताए । ‘मञ्चमा कार्यक्रम गर्न नदिई आन्दोलन बिथोल्ने काम सरकारबाट भयो,सरकारले फायर खोल्ने काम सरकारले नै गर्‍यो,घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्छ’- सांसद शर्माले भने।

उनले भने,‘स्टेजमा बसेर कार्यक्रम गर्नै नदिईकन,मान्छेलाई बोल्नै नदिईकन,अनि सरकारले अश्रु ग्याँस हानेको छ । ७ सय ४६ वटा अश्रुग्याँस पड्काउने, १९२ वटा छर्रा पड्काउने, ब्ल्याङ्क फायर गर्ने, हवाई फायर ५८, २ राउण्ड पेस्तोलको गोली वा आँखाले ट्याक्कै मल्टिपल भिडियोहरू तपाईँले कलेक्सन गरेर हेर्नुस् ।
-file foto

प्रतिक्रिया दिनुहोस्