अब पनि राष्ट्रबादी शक्ति एकजुट हुन नसके पछुताउनु पर्ने अवस्था आउँछ : थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत १५ गते भएको घटनालाई लिएर पूर्वराजालाई बद्नाम गर्ने झुठा आरोप लगाउने र हिन्दुराष्ट्रको मान्यतालाई निषेध गर्ने,समाप्त पार्ने षडयन्त्र बिरुद्ध सजक भएर प्रतिरक्षा गर्न सवै राष्ट्रवादी शक्ति एक ठाँउमा उभिनुपर्नेमा जोड दिएका छन्।

बिहीबार काठमाडौंमा राप्रपा नेपालका प्रवक्ता स्वर्गीय बसन्तमान सिंह अधिकारीको १३औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै थापाले अब पनि राष्ट्रवादी शक्ति एक ठाँउमा उभिन नसके भविष्यमा पछुताउनु पर्ने अवस्था आउने बताएका हुन्।थापाले राजबादीको विचारमाथि आक्रमण गर्ने र बदनाम गर्ने प्रयास स्वरुप सरकारले नै चैत १५ गते भएको घटनालाई हिंसात्मक र उत्तेजित बनाउने काम गरेको आरोप लगाए।

उक्त घटनाको निष्पक्ष छानबिन नभइ एकपक्षीय ढंगले राजावादी र राजसंस्थालाई मुछ्ने काम भएको भन्दै उनले आपत्ति जनाए। अध्यक्ष थापाले चैत १५ गतेको घटनालाई लिएर जनतामा भ्रम परेको भन्दै विचलित नभइ अघि बढ्ने स्पष्ट पारे।

गणतन्त्र पक्षधर दल र केहि सञ्चारमाध्यमले सिर्जना गर्न खोजेको भ्रमको तुवाँलो केहिदिनपछि हटेर जाने उनको भनाइ छ।
-file foto

प्रतिक्रिया दिनुहोस्