राप्रपाले गर्‍यो गृहमन्त्री लेखकको राजीनामासंगै प्रहरी प्रमुखलाई निलम्बन गर्न माग



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटना छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग तथा नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन गर्न माग गरेको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितको टोलीले बिहीबार (चैत २१) कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । उक्त घ‍टनामा सरकारको दमनकारी नेतृत्वका कारण जनताको ज्यान गएको बताउँदै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको राप्रपाले उक्त दिन दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन,मृतकहरू सविन महर्जन र सुरेश रजकलाई सहिद घोषणा तथा क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरेको छ।

साथै राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा. धवलसम्शेर राणा लगायत अन्यमाथिको झुठा मुद्दा खारेजी र निर्दोषहरूको रिहाई र घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न ध्यानाकर्षणपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्