चैत २३ र २४ गते हुने अनेरास्ववियु सोलुखुम्बको अधिबेशनमा १३४ प्रतिनिधि सहभागी हुने



सोलुखुम्बु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सोलुखुम्बुको १२ औँ जिल्ला अधिवेशनको मिति तय भएको छ । आज सल्लेरीमा पत्रकार सम्मेलन गरी यही चैत २३ र २४ गते अधिवेशन गर्ने जानकारी गराएको हो । 

गुणस्तरीय रचनात्मक शिक्षा एउटै लक्ष्यमा, अनेरास्ववियु सोलुखुम्बुको पक्षमा भन्ने मूल नाराका साथ माप्य दुधकोशी गाउँपालिका खास्तापमा अधिवेशन हुने अनेरास्ववियु सोलुखुम्बुका संयोजक नरेन्द्र कुलुङले जानकारी दिनुभयो । 

विद्यार्थीहरूको आवश्यकता, माग र मुद्दाका विषयमा आवाज उठाउँदै विद्यार्थीहरूको हक हितका लागि काम गर्ने किसिमको नेतृत्वको खाँचो औँल्याउँदै १२ औँ अधिवेशनले विद्यार्थीहरूलाई हरेक क्षेत्रमा स्थापित र सङ्गठित गराउने क्षमता भएको र समन्वयकारी एवं प्रभावशाली नेतृत्व चयन गर्ने अनेरास्ववियु सोलुखुम्बुले जनाएको छ ।

मावि कमिटीबाट २ जना, क्याम्पस कमिटीबाट ३ जना र पालिका कमिटीबाट ३ जना प्रतिनिधि हुन पाउने व्यवस्था रहेको छ।जसमा जिल्ला भरीका ४५ वटा मावि,५ वटा क्याम्पस र ८ वटा स्थानीय तहबाट १३४ जना प्रतिनिधिहरू सहभागी हुने अनेरास्ववियु सोलुखुम्बुका संयोजक नरेन्द्र कुलुङले जानकारी दिनुभयो ।  

अधिवेशनका लागि गाउँपालिका इन्चार्ज,अनेरास्ववियु सोलुखुम्बुका सम्पूर्ण टोली तयारीमा लागेको जनाइएको छ । अधिवेशनमा अतिथि, प्रतिनिधि लगायत करिब २०० जनाको उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्