बिपक्षीको अवरोधका कारण संसद बैठक फेरि स्थगित



काठमाडौँ । प्रतिनिधिसभा बैठक सूचना टाँसेर अपराह्न चार बजेसम्मका लागि स्थगित गरिएको छ । बिहान ११ बजेका लागि तय भएको बैठक केही समय ढिला गरेर बसेको थियो ।

बैठकमा विपक्षीहरूले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेका थिए । त्यसपछि १५ मिनेटका लागि स्थगित भएको बैठक साढे तीन बजे चार बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।

सत्तापक्षले प्रधानमन्त्री ओलीले भोलिको बैठकमा सम्बोधन गर्ने जानकारी गराउँदा पनि विपक्षीले नमानेर बैठक अवरुद्ध गरेका हुन् ।file foto

प्रतिक्रिया दिनुहोस्