प्रदेश प्रमुख खापुङद्वारा पाँच बिधेयक प्रमाणीकरण
बिराटनगर ।कोशी प्रदेश प्रमुख परशुराम खापुङले पाँच बिधेयक प्रमाणीकरण गर्नुभएको छ ।

कोशी प्रदेश सभाबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम सभामुखले प्रमाणित भइ पेश हुन आएका विधेयकहरू प्रदेश प्रमुख खापुङले प्रमाणीकरण गर्नुभएको वहाँको सचिवालयले जनाएको छ ।
कोशी प्रदेश प्रमुखको कार्यालयका प्रबक्ता नारायण प्रसाद भट्टराईका अनुसार नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बिहिबार प्रमाणीकरण गर्नुभएका बिधेयकहरुमा
प्रदेश जीवनाशक विषादी व्यवस्था गर्न बनेको विधेयक, २०८१,प्रदेश बीउबिजनसम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, २०८१,केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक,२०८१,प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१,कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ छन् ।

