पुर्व सभापति केसीको विशेष पहल,ज्यामिरेका मगरले पाए हुईलचियर



केदार बस्नेत,काठमाडौ।नेपाली कांग्रेस ओखलढुंगाका पुर्व सभापति तथा महासमिति सदस्य गोमा केसीले सिद्विचरण नगरपालिका ९ ज्यामिरेका सोमबहादुर थापा मगरलाई हुईलचियर वितरण गर्नुभएको छ।

पुर्व सभापति केसीले विशेष पहल गरि व्यवस्थापन पश्चात सि.न.पा ९ को वडा कार्यालयमा उपस्थित भएर अशक्त मगरलाई हुईलचियर वितरण गर्नुभएको हो।

वडा अध्यक्ष विवेक खड्काले अब अशक्त मगरलाई बाहिर भित्र गर्न सहज भएको बताउँनुभयो।वडाले आफ्नै स्रोतबाट वितरण गर्न सक्ने क्षमता नभएको भन्दै हुईलचियर व्यवस्थापन गर्दिनुभएकोमा केसीलाई धन्यवाद सहित आभार प्रकट गर्नुभएको थियो ।

यस्तै पुर्व सभापति केसीले अपांगता भएर समस्यामा रहेका वडाभित्रका नागरिकहरुको नामवली संकलन गरि उपलब्ध गराउँन अध्यक्ष खड्कालाई अनुरोध गर्नुभयो ।”अहिले मगरलाई सहयोग गरेको छु,अर्का एकजना व्यक्तिपनि अशक्त हुनुहुन्छ रे उहाँलाई पनि लठ्ठी उपलब्ध गराउँछु”केसीले प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस्तै केसीले उपस्थित सबैलाई धन्यवाद दिनुभएको थियो ।केसी केहीदिन अगाडि गृह जिल्ला जाँदा मगरलाई हुईलचियर वितरण गर्नकै लागि ज्यामिरेपनि पुग्नु भएको थियो ।

सहयोग प्राप्त अशक्त परिवारका सदस्यहरुले ठूलो सहयोग प्राप्त भएको महसुस गरेको बताएका छन्।अब अशक्त बुबाको लागि दिन नै माया मारेर बस्न पर्दैन मगरका छोराले खुशी हुँदै रहस्य खबरसँग भनेका छन् ।उनले भनेका छन् “बुबालाई अब शारीरिक अभ्यास गर्नपनि आंशिक रुपमा सहज भएकाले सहयोगी दाता र पहल गर्ने केसी दुवैमा सम्मान व्यक्त गर्दछु”।

प्रतिक्रिया दिनुहोस्