बेरोजगारी अन्त्यका लागि सीपमूलक शिक्षा आवश्यक :कोशी प्रदेश प्रमुख खापुङ



विराटनगर । कोशी प्रदेश प्रदेश प्रमुख परशुराम खापुङले नेपालमा राष्ट्रिय पद्दतिको योजना २०२८ मा ल्याएको र हालसम्म त्यही पद्दतिअनुसार चलिरहेको बताउनुभएको छ । समय परिस्थिति बद्लिँदो अवस्था रहेकोले सुधारको आवश्यक रहेकोले सदनमा बहस भइरहेको पनि प्रदेश प्रमुख खापुङले बताउनुभयो ।

विराटनगर १३, भेट्नरी चौक,मोरङस्थीत स्टार आवासीय माध्यमिक विद्यालयको ३१औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमको समुद्घाटन कार्यक्रममा प्रदेश प्रमुख खापुङले यस्तो बताउनुभएको हो । प्रदेश प्रमुख खापुङले विद्यालयहरूले सीपमुलक शिक्षाको अवधारणा ल्याई वेरोजगारीको अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।

कार्यक्रममा विशिष्ट समाजसेवीहरूलाई सम्मान र विविध सांस्कृतिक झाँकी प्रस्तुत भएको थियो । विद्यालयका संस्थापक तथा व्यवस्थापन समितिका अध्यक्ष डा. उद्धवप्रसाद पोखरेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्