चोरी पैठारी गरी चाँदीको कारोबारमा संलग्न पाँच जना पक्राउ
काठमाडौं । राजस्व छली चोरी पैठारी गरी चाँदीको कारोबारमा संलग्न रहेको अभियोगमा मंगलबार प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-३२ बस्ने बारा कलैया उपमहानगरपालिका-८ घर भएका ३४ वर्षीय सन्तोष कुमार साह, ३५ वर्षीय प्रेम कुमार कुशवाहा,२६ वर्षीय गणेश साह,पर्सा वीरगंज महानगरपालिका-१६ नगुवा घर भएका ३२ वर्षीय दिनानाथ कुमार साह र बारा जीतपुर सिमरा उपमहानगरपालिका-१६ घर भएका २१ वर्षीया बिपना सार्की रहेका छन् ।
काठमाडौं महानगरपालिका-३२ नरेफाँट क्षेत्रमा उनीहरूले राजस्व छली चोरी पैठारी गरी चाँदीको कारोबार गररिहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई चोरी पैठारी गरी ल्याएको २० किलोग्राम चाँदीसहित पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान बिभाग हरहिर भवन ललतिपुर पठाइएको छ।

