सर्यो अनेरास्ववियु सोलुखुम्बुको १२ औं अधिबेशन,अब चैत २२ र २३ गते हुने
सोलुखुम्बु। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)सोलुखुम्बु जिल्ला कमिटीको १२ औं अधिबेशन घोषित मितिमा नहुने भएको छ।

फागुन १६ र १७ गते गर्ने गरी तयारी अगाडि बढाईए पनि माउ पार्टी नेकपा एमालेको जरा केन्द्रित अभियानसंग जुधेको र विद्यार्थीको वार्षिक परिक्षा नजिकिदै गरेकोले पूर्ब निर्धारित मितिमा अधिबेशन गर्न नसकिएको अधिबेशन आयोजक कमिटी सचिब देबेन्द्र ढुंगेलले जानकारी दिए।
ढुंगेलका अनुसार अधिबेशनको अर्को मिति चैत २२ र २३ गतेका लागि माप्यदुधकोशी गाउँपालिकाको खास्तापमा गर्ने गरी तोकिएको छ।
गत गत माघ १७ गते सम्पन्न अनेरास्ववियुको अगुवा कार्यकर्ता भेलाले फागुन १६ र १७ गते जिल्ला अधिबेशन गर्ने निर्णय गर्दै नरेन्द्र कुलुङ संयोजक र देबेन्द्र ढुंगेल सचिब रहने गरी ११ सदस्यीय आयोजक कमिटी गठन गरेको थियो।

