बालसंरक्षण बाटिका (सेभ्स) इंगलिस मिडियम स्कूलको १२ औं अभिभावक दिवस सम्पन्न
ललितपुर । लुभुस्थित बालसंरक्षण बाटिका (सेभ्स) इंगलिस मिडियम स्कूलको १२ औ अभिभावक दिवस सम्पन्न भएको छ।

मंगलबार सम्पन्न अभिभावक दिवसमा अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सो अवसरमा विद्यार्थीहरुले विज्ञान प्रदर्शनी,विभिन्न सांस्कृतिक कार्यक्रमका साथै नाटक प्रदर्शन गरेका थिए भने उत्कृष्ट अभिभावक,उत्कृष्ट शिक्षक तथा विद्यालयका करिब ३० जना शिक्षक-कर्मचारीलाई सम्मानित गरिएको थियो।
अभिभावक संघका अध्यक्षलाई प्रमुख अतिथि तथा सबै उपस्थिति अभिभावक्ज्यूहरुलाई विशेष अतिथि मानि कार्यक्रमको सुरुवात् सभापति,विद्यालयका संस्थापक / अध्यक्ष एवम कार्यकारी प्रिन्सिपल प्रेरणा खरेलले गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दैन विद्यालयका संस्थापक / अध्यक्ष /कार्यकारी प्रिन्सिपल प्रेरणा खरेलले विद्यालयले विद्यार्थीको सर्वांगीण विकासलाई जोड दिनुको साथै व्यवहारिक शिक्षण पद्धतिलाई आत्मसात गरॆर अगाडी बढ्दै गएको र विद्यार्थीको शैक्षिक उपलब्धि व्यवहारमा देखिनु पर्ने बताउनु भयो ।
नयाँ शैक्षिक वर्षको लागि विद्यार्थीलाई केन्द्रमा राखेर नया शिक्षण विधिको योजना बनाउनमा आफू व्यस्त रहेको र विद्यालयले समावेशी शिक्षामा पनि जोड दिरहेको बताउनु भयो । साथै विद्यार्थीको सिकाइ व्यवहारमा देखिए मात्र शैक्षिक उपलब्धि हासिल भएको मान्न सकिने बताउनुभयो।

