शंकास्पद गतिविधि गरेको आरोपमा पशुपति क्षेत्रबाट ८० जना पक्राउ
काठमाडौं । प्रहरीले शिवरात्रिमा शंकास्पद गतिविधि गरेको आरोपमा ८० जनालाई पशुपतिनाथ क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।

निगरानीका क्रममा अवाञ्छनीय गतिविधि गरेको देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
‘अभद्र व्यवहार गर्ने, विगतमा राम्रो काम नगरेका ८० जनालाई नियन्त्रणमा लिएका छौँ । उनीहरूलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ,’’ एसपी बोहोराले भने ।
प्रहरीले मंगलबारदेखि नै शंकास्पद व्यक्तिहरूको निगरानी गरिरहेको थियो । प्रहरीले घटनाको प्रकृति हेरेर अनुसन्धान थालेको छ ।

