शिक्षा मन्त्रालयबाट दिइने छात्रवृत्तिका लागि आवेदन दिन प्रधानमन्त्री ओलीको आव्हान



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकोमा आवश्यक संख्या नपुगेका जानकारी दिएका छन्।

उनले एक दुई दिनभित्रै आवेदन दिन पनि सामाजिक सञ्जालबाट आग्रह गरेका छन्।उनका अनुसार अन्डर ग्रयाजुएट एमबीबीएस १ जना, पोस्ट ग्रयाजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जना गरि २० जनाको सिट अझै खाली रहेको छन्।

उनले भनेका छन्,‘खाली रहेका सिटमा छात्रवृत्तिको लागि छिटो भन्दा छिटो (एक दुई दिनभित्रै) आवेदन दिनुहोला।’
file foto

प्रतिक्रिया दिनुहोस्