सरकारले ल्याएको अध्यादेश पारित हुन्छ : भट्टराई
काठमाडौं।नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले ल्याएको अध्यादेश पारित हुने बताएका छन् ।

सुर्खेतमा बिहीबार पत्रकारहरूसँग उनले अध्यादेश पारित गर्न संघीय संसद्मा सत्ता गठबन्धनसँग बहुमत भएको दाबी गरे । सचिव भट्टराईले भूमि, सामाजिक सञ्जालसम्बन्धी लगायतका सबै अध्यादेश पारित हुने दाबी गरे ।
उनले भने, ‘राष्ट्रियसभा प्रतिनिधिसभा भन्दा परिपक्वहरुको थलो हो । त्यहाँबाट अध्यादेश पारित गर्छौ र पारित हुने उपाय हामीसँग छ यद्यपि त्यसबारे अहिले नै म भन्न चाहन्न ।’
यसैगरी सामाजिक सञ्चालसम्बन्धीको विधेयक पूर्ववर्ती सरकारले ल्याएको जनाउँदै उहाँले यो विधेयक नियन्त्रणमुखी नभइ नियमनका लागि ल्याउन थालिएको स्पष्ट पारे । उनले भने, ‘विगतका सरकारले ल्याएको बजेट र योजनामा वर्तमान सरकारले काम छ ।’

