भन्सार छलीको मोटरसाइकलसहित एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा



काठमाडौं।ट्राफिक प्रहरीले भन्सार छली ल्याईएको मोटरसाइकल सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

मकवानपुरको हेटौडा उपमहानगरपालिका १६ चिसापानी घर भई काठमाडौंको थली बस्ने २२ वर्षीय सुजल गुरुङलाई काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका-२ बाट नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजय बहादुर राउतका अनुसार गुरुङले चलाई हिँडेको अवस्थामा प्रदेश ३-०२-०२० प ९८ ७९ नम्बरको KTM Duke मोटरसाइकल फेला पारी लिईएको हो ।

अनुसन्धानको सिलसिलामा उक्त मोटरसाइकल विगतमा भन्सार चोरी पैठारी गरी आएको हुँदा थप अनुसन्धान एवम् आवश्यक कारबाहीको लागि मोटरसाइकल सहित नियन्त्रणमा आएका गुरुङलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाईएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्