हलेसी बजारमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी
काठमाडौं।खोटाङको हलेसी बजारमा आगलागी भएको छ । स्थानीय पदम राईको घर र पसलबाट आगलागी सुरु भएको थियो ।

आइतबार साँझ लागेको आगोले हालसम्म पदम र अर्का स्थानीय ऐराग राईको घर जलिसकेको स्थानीयले बताएका छन् ।
खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको स्थानीय सयन्द्र राईले जानकारी दिए । उनका अनुसार स्थानीवासी र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् ।
पानी अभावले आगो निभाउन समस्या भएको आगलागी नियन्त्रणमा खटिएकाहरुले बताएका छन् । ग्यास सिलिन्डर पसलसमेत रहेको उक्त घरको आगो निभाउन नसक्दा बजारका अरु घरमा पनि फैलिनसक्ने खतराको सम्भावना देखिएको जनाइएको छ ।

