पदोन्नति भएका ७२ प्रहरी नायव उपरीक्षकहरूले पाए दर्ज्यानी चिन्ह



काठमाडौं।प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति हुनुभएका ७५ जनामध्ये ७२ जना प्रहरी नायव उपरीक्षकहरूले दर्ज्यानी चिन्ह प्राप्त गरेका छन्।

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को गत शुक्रबारको निर्णयअनुसार बढुवा भएका उनीहरूलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। ।

साथै सोही निर्णयबाट पदोन्नति भएका २ जना प्रहरी नायव उपरीक्षकहरू हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत छन् भने १ जना प्रहरी नायव उपरीक्षक हाल तालिमको सिलसिलामा विदेशमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको चर्चा गर्दै व्यक्तिगत लाभ र स्वार्थ भन्दा माथि उठेर एकजुट भई प्राप्त जिम्मेवारीलाई निष्ठापूर्वक ढंगबाट उच्च समर्पण भावका साथ कार्यसम्पादनमा खरो उत्रन उहाँले दिए।

प्रहरी सेवामा सबै नागरिकको सहज पहुँचको वातावरण निर्माण गरी प्रहरी सेवालाई थप विश्वसनीय बनाउन कानुन सम्मत तवरले कार्यसम्पदान गरी आम नागरिकको नजरमा प्रहरी प्रतिको सम्मान र विश्वास बढाउन थप कटिबद्ध हुनुपर्ने उनको भनाई थियो।

प्रतिक्रिया दिनुहोस्