एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल चयन



काठमाडौं । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशनबाट अध्यक्षमा भवानी दाहाल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा दाहाल र रेवन्त गौतमले दाबी थियो । अध्यक्ष मण्डलका अध्यक्ष रामेश्वर फुयाँलका अनुसार दाहाल अध्यक्ष र गौतमसहित
प्रभाष शाहलाई बरिष्ठ उपाध्यक्ष बनाएर सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरिएको हो । नयाँ कार्यसमितिमा महासचिवको जिम्मेवारी रामचन्द्र अधिकारीलाई दिइएको छ ।

१९ सदस्यीय पदाधिकारी सहित १६४ सदस्यीय केन्द्रिय कार्यसमितिका उपाध्यक्षहरुमा कृष्णबहादुर केसी,विष्णु अर्याल, युवाचन्द्र घिमिरे,विजयालक्ष्मी सुृवेदी,उपमहासचिवहरुमा वामदेव ओली,सूर्य कुँवर,कमला दाहाल,सचिवहरुमा देवि पराजुली,राजबहादुर पछाही,टिपि भण्डारी,ओम कठायत,गोविन्द अधिकारी,कोषाध्यक्षमा यमकुमारी सापकोटा,सहकोषाध्यक्षमा दिपक शर्मा पौडेल र कार्यालय सचिबमा पद्म बहादुर शाही चयन भएका छन्।शपथ ग्रहणको कार्यक्रम आइतबार राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्