फाल्गुन १ गते थुलुङदुधकोशीमा सार्बजनिक बिदा



सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले फागुन १ गते सार्बजनिक बिदा दिने निर्णय गरेको छ।

फाल्गुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउने निर्णय गर्दै
हालै सम्पन्न गाउँ कार्यपालिकाको निर्णय सो बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रसन्नदीप राईले जानकारी दिएका छन्।

गाउँपालिकाद्वारा बुधबार प्रकाशित सूचनामा जनाइए अनुसार सो दिन पालिकाभित्रका सम्पूर्ण कार्यालय,संघ-संस्था तथा शैक्षिक संस्थाहरु बन्द रहने छन्।

थुलुङ दुधकोशी सोलुखुम्बुमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको एकमात्र स्थानीय तह हो। नेकपा माओवादी केन्द्र कोशी प्रदेश सचिवालय सदस्य एबम् जिल्ला सह इन्चार्ज सो गाउँपालिकाका अध्यक्ष छन्।उनको यो दोश्रो कार्यकाल हो।केही बर्ष यतादेखि सो गाउँपालिकाले जनयुद्ध दिवसका दिन सार्बजनिक बिदा दिंदै आएको छ।

प्रतिक्रिया दिनुहोस्