सरकार निरंकुशतातर्फ उन्मुख भएको प्रचण्डको आरोप



काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार निरंकुश शैलीमा अघि बढेको आरोप लगाएका छन् । बिहीबार संसदमा सम्बोधन गर्दे प्रचण्डले पहिलो र दोस्रो दलको सरकार निरंकुशतातर्फ उन्मुख भएको बताएका हुन् ।

‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन ? आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ ।,’ प्रचण्डले भने ।

राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग हुन थालेको भन्दै उनले भने, ‘अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र सङ्कुचित गर्न खोजिँदै छ । उनले भने, ‘अहिले त बोलेकै आधारमा नागरिकलाई हत्कडीमा जिल्ला घुमाइरहेको सरकारले पारित भएपछि के गर्ला ? गम्भिर प्रश्न खडा भएको छ ।’

सम्बोधनका क्रममा उनले हामि कांग्रेस एमालेसंग हुँदा लागेको धुलो टकटकाएर जनतामा फर्किसकेको समेत बताएका छन् ।उनले भने, ‘वर्तमान सरकार ढाल्न आफूहरु नलागेको तर सरकार त बनाउँछौँ आफ्नै सामर्थ्य र खुट्टामा उभिएर मात्र बनाउँछौँ ।’

पाथीभरा केबलकार निर्माणको विषयमा सरकारले बल प्रयोग गरेको उनले आरोप लगाए । संवादबाट समस्या समाधान गर्नुको सट्टा दमन गरेको प्रचण्डको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्