सर्यो अनेरास्ववियुको महाधिवेशन, जेठ १ गतेदेखि हुने
काठमाडौं।नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को महाधिवेशन आगामी जेठमा हुने भएको छ ।

२०८२ जेठ १ देखि ४ सम्म २४ औँ महाधिवेशन गर्ने मिति तय भएको हो । सोमबार बसेको अनेरास्ववियु स्थायी कमिटी बैठकले महाधिवेशनको मिति तोकेको हो ।
यसअघि चैत अन्तिम साता तय भएको महाधिवेशन मिति स्ववियु निर्वाचनका कारण जेठ १ देखि ४ गते हुनेगरी सार्नुपरेको अनेरास्ववियुले जनाएको छ ।