थपिए १० वटा कोरोना परिक्षण ल्याब, अब ३३ स्थानबाट कोरोना परीक्षण हुने



काठमाडौं, १२ असार । सरकारले कोरोना संक्रमण परीक्षणका लागि नेपालभर १० वटा प्रयोगशाला थप गरेको छ ।

हालै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहितको बैठकले सरकारी स्तरमा सञ्चालनमा रहेका थप १० वटा ल्याबमा कोरोना परीक्षण ल्याब सञ्चालन गर्ने निर्णय गरेको हो ।

मन्त्रालयको निर्णयसँगै मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पतालमा पनि अब कोरोना परीक्षण ल्याब सञ्चालन हुने बताइएको छ ।

त्यसैगरी, पाल्पा अस्पताल, धौलागिरि अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा पनि प्रयोगशाला सञ्चालन हुनेछ ।
यसअघि नेपालभर २३ वटा प्रयोगशालामा परीक्षण भइरहेकामा थप १० वटा सहित अब ३३ प्रयोगशालाबाट कोरोना परीक्षण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्