‘एक्टर’ र ‘एक्टर टेक वान’ बीचको वास्तबिकता बुझेरमात्र टिप्पणी गर्न निर्माता थापाको आग्रह



काठमाडौँ । चलचित्र‘एक्टर’र‘एक्टर टेक वान’को नामलाई लिएर उत्पन्न विवाद अदालतमा पुग्यो र अहिले दुई पक्षबीच सहमति भएर पनि‘एक्टर टेक वान’प्रदर्शनमा आईसकेको छ ।

नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फबाट निर्माता सम्राट थापाले माघ ११ गते शुक्रवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए भने काठमाडौं जिल्ला अदालतले फिल्म‘एक्टर टेक वन’को प्रदर्शन रोक्न अन्तरकालिन आदेश दिएको थियो र अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा समेत बोलाएको थियो ।

एकदिन अगाडि जिल्ला अदालतले चलचित्रको रिलिज रोक्न अल्पकालिन आदेश सार्वजनिक भएसंगै ‘एक्टर’ पहिलो पक्षप्रति लक्षित सामाजिक सञ्जालमा बिभिन्न टिकाटिप्पणीको वर्षा हुन थालेपछि निर्माता सम्राट थापाले आफ्नो फेसबुक वालमा ती टिका टिप्पणीहरुप्रति गुनासो व्यक्त गरेका छन् ।

उनले भनेका छन्-‘मुद्दा परेको चार चार दिनसम्म पनि बिपक्षीले यसप्रति कुनै चासो नदिएपछि रजतपटका पत्रकार प्रकाश सुवेदीलाई सम्पर्क गर्दा सुवेदीले उल्टै यो मुद्दाको कुनै तुक नभएको र संगीतको क्षेत्रमा यत्रो नाम भएको मान्छे बदनामीको बाटोमा लाग्नु राम्रो नहुने जस्ता हल्का जवाफ दिनुभयो।दुबै पक्षबीच भेटाउने र मुद्दा मिलाउनु सहयोग होला भनेर सम्पर्क गरेको त उल्टै होच्याउने खालको उहाँको अभिव्यक्तिप्रति दु:ख लागेको छ।’

निर्माता थापाले यो मुद्दाको बिषयलाई लिएर वास्तबिकता बुझेरमात्र
आरोप वा टिकाटिप्पणी गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्