राष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ : थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्ने टिप्पणी गरेका छन्।

पूर्बराष्ट्रपती विद्यादेवी भण्डारीको राजनीतिक सक्रियतालाई लिएर पक्ष विपक्षमा तर्क बितर्क भइ रहेका बेला बिहिवार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्बजनिक गर्दै अध्यक्ष थापाले सो टिप्पणी गरेका हुन्।
दलीय स्वार्थ भन्दा माथि उठेको राष्ट्रप्रमुख राजसंस्था मात्र हुने उल्लेख गर्दै उनले नेपालको भूराजनीतिक अवस्था र सामाजिक साँस्कृतिक परिवेशको सन्दर्भमा राजासहितको प्रजातन्त्र उपयुक्त हने दावी समेत गरेका छन् ।
दलको टिकटबाट निर्वाचित दलको नेता राष्ट्रपतिको पदमा रहँदा वा पदबाट हटेपछि पनि दलभन्दा बाहिर नहुने उल्लेख गर्दै अध्यक्ष थापाले सामाजिक सञ्जालमा भनेका छन्,-”पूर्वराष्ट्रपति दलगत राजनीतिमा सक्रिय हुने नहुने कुरा व्यक्तिको चाहनाको विषय हो।’
अध्यक्ष थापाले सामाजिक सञ्जालमा भनेका छन,-पूर्वराष्ट्रपति दलगत राजनीतिमा सक्रिय हुने नहुने कुरा व्यक्तिको चाहनाको विषय हो।
दलको टिकटबाट निर्वाचित दलको नेता राष्ट्रपतिको पदमा रहँदा वा पदबाट हटेपछि पनि दलभन्दा बाहिर हुँदैन।पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ।
दलिय स्वार्थ भन्दा माथी उठेको राष्ट्रप्रमुख राजसंस्था मात्र हुन्छ। नेपालको भूराजनीतिक अवस्था र सामाजिक साँस्कृतिक परिवेशको सन्दर्भमा राजासहितको प्रजातन्त्र उपयुक्त हुन्छ।

