सञ्चारकर्मी सुशीला र वरिष्ठ गायक शिशिर योगीको राष्ट्रभावले ओतप्रोेत गीत ‘उठ नेपाली, जुट नेपाली’ को गीति भिडियो सार्बजनिक (भिडियो सहित)
काठमाडौं । साहित्य तथा सञ्चारकर्ममा उत्तिकै सक्रिय सुशीला ढकाल अधिकारीले रचना गर्नुभएको राष्ट्रभावले ओतप्रोेत गीत‘उठ नेपाली,जुट नेपाली’को गीति भिडियो सार्बजनिक भएको छ।

वरिष्ठ गायक तथा सङ्गीतकार शिशिर योगीले स्वर दिएकोे उक्त गीत कवयित्री अधिकारीको आफ्नै युटुव च्यानल सिर्जनाको चौतारीमार्फत सहिद दिवसको अवसरमा बुधबार सार्बजनिक गरिएको हो।
देशको वर्तमान अवस्थालाई झल्काउने सो जागरण गीत युटुव च्यानलमार्फत सार्वजनिक भएको केही घण्टामै धेरैको मन जित्न सफल भएको बताइएको छ । मनोहर सुनामले संगीत संयोजन गरेको उक्त गीत दील समर्पणले रेकर्ड गरेका हुन् । प्रकाश मिश्रको मिक्सिङ रहेको सो गीतको दृष्याङ्कन भने बिरेन्द्र भाट विपिनले गरेका छन् । एकौस्टिक नेपालमा रेकर्डिङ भएको सो गीतको पोस्ट प्रोडक्सन वल्र्ड कभर मिडिया प्रालिले गरेको हो ।
चर्चित गायक योगीले उक्त शव्दको भावले आफ्नो मन छोएकाले सो गीत आफले गाएको प्रतिक्रिया दिए । उनले यो गीत आजको युगको आवश्यकता भएको र आजको नेपाल र नेपाली जनजनको नारा भएको भन्दै संगीत गर्दा र गाँउदा आफु निक्कै भावुक भएको बताए ।
नेपालीहरुलाई एकताको सन्देश सहित फुटेर होइन जुटेर अघि बढ्न र राष्ट्रियताप्रति गम्भिर बन्न आग्रह गर्ने उदेश्यले आफुले सो गीत सिर्जना गरेको कवयित्री अधिकारीको भनाइ छ। उनले भनिन,-‘गीतमा देशको रक्षा गर्न र शान्ति छर्न नेपालीहरु फूट्न हुन्न भन्ने भाव समेटिएको छ । कृपया मेरो गीत रचनातर्फको पहिलो प्रयासलाई अध्यधिक मन पराइदिएर हौसला प्रदान गर्नुहुनेछ भन्ने आशा गरेकी छु।’