कांग्रेस केन्द्रीय सदस्य शेर्पाद्वारा बैतडीको केदार दोगडा गाउँपालिकामा सडक शिलान्यास



बैतडी।नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले बैतडीको दोगडा केदार गाउँपालिकामा सडक निर्माणको शिलान्यास गरेका छन्।

गाउँपालिकाको वडा नं ७ सौगाउस्थित केदरनाथ मन्दिरदेखि वसालिसम्मको सडक निर्माणको बैदिक बिधिपूर्वक पुजापाठ गरी शिलान्यास गरेकाे नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य वावुराम आचार्यले जानकारी दिए । नेपाली काङ्ग्रेसकाे सय दिने राष्ट्रिय अभियानका क्रममा द्राेस्राे पटक वैतडी पुगेका शेर्पाले स्थानीय जनप्रतिनिधिहरुकाे आग्रहमा सो सडकको शिलान्यास गरेका हुन्।

संघीय सरकार पर्यटन मन्त्रालयद्वारा बिनियोजित बजेटबाट उक्त सडक निर्माण सुरु हुन लागेको हो । सडक निर्माणका लागि थप वजेटकाे सुनिश्चितता गर्न आफुले संघीय सरकारसङ्ग पहल गर्न भन्दै शेर्पाले समयमै काम सम्पन्न गर्न आग्रह गरेका छन ।

देशव्यापी रुपमा नेपाली काङ्ग्रेसले सुरु गरेकाे सयदिने अभियान भाेलि माघ १६ गतेवाट समापन हँदैछ।

प्रतिक्रिया दिनुहोस्