मुलुकको समृद्धि र बिकासका लागि नेपाली कांग्रेसको नेतृत्व आवश्यक : कांग्रेस केन्द्रीय सदस्य शेर्पा



बैतडी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम् पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पाले मुलुकको समृद्धि र बिकासका लागि नेपाली कांग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन्।

बैतडी जिल्लाको डिलासैनी गाउँपालिकाको केन्द्र धामीगाँउमा पार्टीको १०० दिने बिशेष अभियानलाई आइतबार सम्बोधन गर्दै केन्द्रीय सदस्य शेर्पाले सो कुरा बताएका हुन्। मुलुक अहिले कांग्रेसकै नीति अनुसार चलिरहे पनि नेतृत्व आफ्नो नहुंँदा कार्यान्वयनमा कठिनाई भएको बताउंदै उनले सरकारमा सुविधाजनक ढंगले नेतृत्व स्थापित गर्न सबै एक ढिक्का भएर कृयाशील हुनुपर्ने बताए।

मुलुकको अर्थतन्त्र सुधार गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाई थियो।कांग्रेस-एमाले गठबन्धनको बर्तमान सरकार यतिबेला नीतिगत सुधारमा केन्द्रीत रहेको बताउंदै उनले सरकार ढल्ने भनेर चलाइएको हल्ला निराधार रहेको बताएका थिए।राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेले गठबन्धन गर्नु परेको दावी पनि उनले गरे ।

अहिलेको गठबन्धनले नै ०८४ को आम निर्बाचन गराउने भएकोले ढुक्क भएर सङ्गठन निर्माणमा केन्द्रित हुन उनले नेता कार्यकर्ताहरुलाइ निर्देशन दिएका थिए।कार्यक्रममा बैतडी जिल्लाका कांग्रेस नेताहरुका साथै स्थानीय नेता कर्यकर्ताहरुको उपस्थिति थियो ।file foto

प्रतिक्रिया दिनुहोस्