द स्माल वर्ल्डले बितरण गर्‍यो नेचासल्यानको कालिका आबिका विद्यार्थीहरुलाई झोला



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। नेचासल्यान गाउँपालिकाको वडा नं-३ स्थित कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई झोला बितरण गरिएको छ।

सोलुखुम्बु जिल्ला भित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गर्दै आएको द स्माल वर्ल्ड नामक संस्थाको समन्वयमा सो विद्यालयमा अध्ययनरत ७५ जना विद्यार्थीहरुलाई सोमबार झोला बितरण गरिएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन थापाले जानकारी दिए।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टेक प्रसाद कटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्थाका अध्यक्ष समेत रहेका नेपाली काँग्रेस प्रदेस सभा ‘ख’ का सभापति एबम ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले विद्यार्थीहरुलाई झोला बितरण गरेका थिए।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिका प्रबक्ता चन्द्र आचार्य, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य बाबुराम आचार्य,
विद्यालयका संस्थापक कुमारमणि फुयल,केदार माध्यमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हेमराज शर्मा , कार्यपालिका सदस्य जयन्ता अधिकारी , दिल परियार, हिमाल दर्शन माविका पुर्व प्रधानाध्यापक अशाेक शर्मा लगायतको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शेर्पाले विद्यालय शिक्षालाई सुधार गर्नु अहिलेको आवश्यकता रहेको बताए।

ब्यबहारिक र गुणस्तरीय शिक्षाको अभावमा अहिले सार्बजनिक विद्यालयप्रति बितृष्णा पैदा भइ रहेको बताउंदै यसको सुधारका सरोकारवाला सबै एकढिक्का भएर लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्