कवि प्रा.डा.गोपी उप्रेतीको ‘प्रकृत्या सहजीवनम्’ को परिचर्चा
काठमाडौं।साहित्यिक पत्रकार संघले काठमाडौंमा कवि प्रा. डा. गोपी उप्रेतीको कविता सङ्ग्रह “प्रकृत्या सहजीवनम्”को परिचर्चा कार्यक्रमको आयोजना गर्यो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आइतबार डालो रेस्टुरेन्ट (नयाँ) अनामनगरमा आयोजित सो कार्यक्रम वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ समालोचक प्रा. डा. गोविन्दराज भट्टराईले प्रा. डा. गोपी उप्रेतीको कविता सङ्ग्रह “प्रकृत्या सहजीवनम्”को चर्चा गर्दै प्रकृति र मानव जीवनको महत्व माथि प्रकाश पार्नु भयो । उहाँले पर्यावरणीय साहित्यको औचित्यको उल्लेख गर्दै “प्रकृत्या सहजीवनम्”ले दिन खोजेको सन्देशबारे आफ्नो गम्भीर मन्तव्य राख्नु भयो ।
यसैगरी कार्यक्रममा साहित्यकारहरु कृष्ण बाउसे, डा. दामोदर पुडासैनी र मन्जिला अनिलले पनि “प्रकृत्या सहजीवनम्”बारे आआफ्नो मन्तव्य राख्नु भयो । कार्यक्रममा वरिष्ठ इतिहासविद् प्रा. डा सुरेन्द्र के. सी., मानवअधिकारकर्मी सुशील प्याकुरेल, कृतिकार कवि प्रा. डा. गोपी उप्रेती, अध्यक्ष राधेश्याम लेकालीले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको पुरस्कार समितिका निवर्तमान अध्यक्ष कवि गोपी उप्रेतीले हालै “नोम चोम्स्की नर्थ स्टार गोल्ड मेडल लाइफटाइम अचिभमेन्ट अवार्ड” पाउनु भएको छ । आजको कार्यक्रममा कवि उप्रेतीलाई मायाको चिनो, टोपी र मालाले सम्मान पनि गरिएको थियो । कार्यक्रमको संचालन सर्जक कमला रिसाले गर्नु भएको थियो ।
कार्यक्रममा उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन,साहित्यकारहरु युवराज नयाँघरे,बिटु के.सी.(अमेरिका),प्रा.डा.गोविन्दमान सिंह कार्की, विजयध्वज थापा,मदन नेपाल,नरेन्द्रराज पौडेल, विमल भौकाजी, सुमन बैरागी पण्डित,विनोद नेपाल, एन.बी.अन्जान (पोर्चुगल),राजेश खनाल,सन्ध्या पहाडी,भगवती बस्नेत,शान्ता बस्नेत,वसन्त वित्यासी,तेजप्रकाश श्रेष्ठ,सुधा शर्मा,दिव्य गिरी, क्रान्ति पराजुली,राजन न्यौपाने,रुद्र अधिकारी,डी.आर.,सन्तोष श्रेष्ठ,रमेश दाहाल,ललिता दोषी,ध्रुव मधिकर्मी,सौदमिनी चालिसे, जीवनकुमार श्रेष्ठ,नरहरि प्रेमी,प्राज्ञ नन्दु उप्रेती,प्रमोद सारङ (कोरिया),ममता मृदुल,बीरेन्द्र पाठक,भूषण खरेल,रवि प्रान्जल, दिलीप श्रेष्ठ,उषा के.सी.,डा.शोभा ढुंगाना,ममता कार्की,हरिश कल्पित,मुकुन्द पौडेल,नारायणकुमार आचार्य,गणेशप्रसाद घिमिरे, गौरव अधिकारी,विष्णु ओली,हरिहर दवाडी,भीमराज ढकाल, कल्पना प्रधान श्रेष्ठ,नारायणप्रसाद शर्मा फुयाल,हरि कोकिली, बाबुकृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।

