२ लाख धरौटीमा रिहा भए झाँक्री प्रकाश भुजेल



काठमाडौँ । झाँक्री नामले चिनिने प्रकाश भुजेललाई २ लाख धरौटीमा रिहा भएका छन।

सवारी ज्यान मुद्दामा थुनामा पठाउने आदेशको जिल्ला अदालतको आदेश बदर गर्दै बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले छाड्ने आदेशसंगै उनी रिहा भएका हुन्।

यसअघि जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासले मंसिर २३ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

कात्तिक २८ गते उनले चलाएको कारको ठक्करबाट बा प्र ०२–०१८–प ६८७५ नम्बरको मोटरसाइकलमा सवार दम्पतीको ज्यान गएको थियो। २८ गते दिउँसो सवा १ बजेतिर शंखरापुर नगरपालिका ९ स्थित साँखु–थली सडकखण्डमा उनले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका २, आलापोटका ३८ वर्षका नारायण नगरकोटी र उनकी पत्नी ३२ वर्षकी सानुमाया नगरकोटी घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्