मेयर शेर्पाको पहलमा बिदेशी लगानीमार्फत शुद्ध पिउने पानी उत्पादन गरी बिदेशमा निर्यात गरिने
सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाको पहलमा विदेशी लगानी (FDI) मार्फत शुद्ध र गुणस्तरीय पिउने पानी उत्पादन गरी बिदेशमा निर्यात गरिने भएको छ।

जापान भ्रमणको क्रममा रहनुभएका सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख शेर्पा र जापानीज कम्पनी Mt. Fuji Springs Inc.बीच शुक्रबार बिदेशमा पानी निर्यात गर्ने सम्बन्धि सम्झौता सम्पन्न भएसंगै शुद्ध पानी उत्पादन गरेर बिदेश निर्यात गर्ने ढोका खुलेको हो।
जापान लगायत विश्व बजारमा उच्च गुणस्तरको पिउने पानी उत्पादन गरि निर्यात गर्दै आएको सो कम्पनीसंग सिंगापुर, मलेसिया, दुबई, साउदी र कतारलगायतका देशमा पानी प्रशोधन गरि शुद्ध पिउने पानी निर्यात गर्ने समझदारी भएको मेयर शेर्पाले जानकारी दिनुभयो।
यो सम्झौतासंगै सोलुदुधकुण्ड नगरपालिका र सोलुखुम्बु जिल्लाका लागि मात्र नभई देशकै लागि ऐतिहासिक परियोजनाको सुरूवात भएको मेयर शेर्पाको भनाई छ ।
यो ऐतिहासिक कार्यले मेरो जापानको भ्रमण अत्यन्तै सफल र उपलब्धिमुलक भएको महसुस भएको उल्लेख गर्दै शेर्पाले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ,-‘यस परियोजनाले सोलुखुम्बु जिल्लामा प्रविधि, रोजगार, उत्पादन, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वको क्षेत्रना काम गर्दै हिमालको पानीलाई ब्रान्डिङ गरी बिश्व बजारमा निर्यात गरि जिल्लाको आर्थिक समृद्धि हासिल गर्ने सोलुदुधकुण्ड नगरपालिकाको सपनालाई साकार पार्नेछ।’
।
मेयर शेर्पाले यस कार्यका लागि साथ दिनुहुने Mt. Fuji Springs Inc. का अध्यक्ष Mr. Awai Hidero, CEO Mr. Awai Taichiro, सल्लाहकार Mr. Hisashi Ishiguro (Mt. Everest submitter, Legendary Person), निर्देशक Mr. Norihiro Sijizaki, महाप्रबन्धक Mr. Michihisa Kobayashi र आफ्नो भ्रमण टोलीका सदस्यहरुलाई धन्यवाद समेत दिनुभएको छ।

