नक्कली जग्गा धनी श्रेस्ता बनाई बैकबाट कर्जा लिएर ठगी गर्ने तीन जना पक्राउ
बाँके।नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-१ घर भएका २२ वर्षीय गौरव कार्की,३५ वर्षीया ईश्वरीमाया रोका र बारा घर भएका ३५ वर्षीय दिलिपकुमार सिंह रहेका छन् ।
डुडुवा गाउँपालिका-५ स्थित जुम्ला चन्दननाथ नगरपालिका-८ बस्ने पीडित व्यक्तिको ३३ कठ्ठा जग्गाको नक्कली जग्गा धनी पुर्जा बनाई मुक्तिनाथ विकास बैंक लिमिटेड लगनटोल काठमाडौंबाट १ करोड २० लाख रकम कर्जा लिई ठगी गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले मंगलबार
काठमाडौंको बुद्धनगर र कोटेश्वरबाट पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

