‘सम्झनामा तारा देवी’स्रष्टा सम्मान तथा संगीतिक कार्यक्रम सम्पन्न



काठमाडौं।स्वर किन्नरी तारा देवीको १९औं पुण्य स्मृतिको अवसरमा राजधानीमा ‘सम्झनामा तारा देवी’स्रष्टा सम्मान तथा संगीतिक कार्यक्रमको आयोजना गरिएको छ।

जमलस्थित राष्ट्रिय नाच घरमा बुधबार आयोजित कार्यक्रममा वरिष्ठ गीतकार चाँदनी शाह, वरिष्ठ संगीतकार सीके रसाईली र वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापालाई जनही २५ हजार रुपियाँ र ताम्रपत्रसहित ‘स्वर किन्री स्मृति सम्मान २०८’ बाट सम्मानित गरेको छ। कार्यक्रममा विभिन्न १६ जना नयाँ तथा पुराना गायिका-गायकले स्वर किन्नरीका कालजयी गीत प्रस्तुत गर्दै उनी प्रति श्रद्धा सुमन व्यक्त गरेका थिए।

कार्यक्रममा गायिका गीता पाण्डेले स्वर किन्नरी तारा देवीको कालजयी गीत’सुनगाभा जस्तो जीवन’गाएर सबैलाई मन्त्र मुग्ध बनाएका थिइन। साथै गायिकाहरु ममता गुरुङले’रिमझिम रिमझिम,गायिका प्राशन्ना शाक्यले’यो दाग पिरतीको’,गायिका बबिना भट्टराईले’तिमि तिरमा उभी देउ’,वरिष्ठ गायिका शर्मीला वर्देवाले’आमा भएर बोकी हेर’गायिका जुनु गौतमले’फूलै फूलको मौसम तिमीलाई’गायिका अन्जुली हमालले’तिमिले दिएका’गायिका रिता के सीले’उकाली ओरालीहरुमा गायिका सुधा शेर्पाले’नौ सय खोला तरेर साथै गायिका सरस्वती मानन्धरले’शुभकामना’गाएर वाहवाही पाएका थिए।

विभिन्न गायक गायिकाको समूहले’उसको ममता मेरो गाएको कार्यक्रममा आस्था कला केन्द्रका कलाकारहरुले’फूलको थुङगा बहेर गयो गीत’मा कन्टेम्पोरेरी फर्मको नृत्य प्रस्तुत गर्दा अधिकांश दर्शकका आँखा रसाएका थिए।

युगल गीतहरु प्रितम गुरुङ तथा अनामिका सिंहले’अँध्यारोंमा एउटा बत्ती,रामबीर मानन्धर तथा त्रितिया गुरुङले ए कान्छा,’ठट्टैमा यो बैश जान लाग्यो, रुपक चौधरी तथा झुमा निरौलाले ‘फूलै फूलको मौसम’ तथा सन्जिव आले मगर तथा अन्जुली हमालले’आज योवनलाई साथै राजेन्द्र श्रेष्ठ तथा गीता पाण्डेले ‘घाममा पनि माया’ बेजोड प्रस्तुत गरेका थिए।

दीपक केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शोभन सायजू कार्यक्रमको संयोजन तथा रमेश थापाले कार्यक्रमको व्यवस्थापन गर्नुभएको थियो।

२००२ साल माघ २ गते जन्मिएका स्वर किन्नरी तारा देवीको माघ ८ गते निधन भएको थियो। उनका अधिकांश आधुनिक गीत लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्