रोमानियामा सोनाम ल्होछार भव्य रुपमा मनाइने



रोमानिया।नेपाल तामाङ घेदुङ रोमानियाले मन्जु श्री सम्बत २८६१ डुल ल्होको अवसरमा आउँदो फेब्रुअरी २ मा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

Restaurant The President, Bulevardul Lacul Tei 145, București 020384 मा आयोजना गरिने कार्यक्रमको शुभारम्भ धर्मगुरु खेन्पो लामा मिग्मारको उपस्थितिमा नेपाल तामाङ घेदुङ रोमानियाका लामा प्रमुख छोग्यल लामा र लामा सेरपद्वारा पूजा पाठबाट गरिने आयोजकले जनाएको छ।

सांस्कृतिक कार्यक्रममा तामाङ समुदायका मौलिक परम्परागत नृत्य तथा संगीत प्रस्तुत गरिनेछ भने स्थानीय नेपाली कलाकारहरूको बेजोड प्रस्तुति समेत रहनेछ। कार्यक्रमलाई अझ विशेष बनाउन रोमानियन डिजे र नेपाली डिजे लोमसको समेत सहभागिता हुनेछ।

कार्यक्रममा तामाङ समुदायको परम्परागत परिकार र नेपाली परिकारहरूको विशेष मेनु उपलब्ध हुनेछ। साथमा, विभिन्न प्रकारका पेय पदार्थहरूले सहभागीहरूको आतिथ्य सत्कार गरिने बताइउएको छ।

यस वर्षको सोनाम ल्होछार कार्यक्रम गत वर्षहरूझैं भव्य र सभ्य हुने अपेक्षा गरिएको छ। नेपाल तामाङ घेदुङ रोमानियाले यो कार्यक्रमले रोमानियामा रहेका नेपाली समुदायलाई एकताको सूत्रमा बाँध्दै तामाङ संस्कृति र परम्पराको जगेर्ना गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

सोनाम ल्होछार,तामाङ पात्रोअनुसार नयाँ वर्षको आगमनको प्रतीक हो।

प्रतिक्रिया दिनुहोस्