शान्तिश्री र लक्ष्य बिश्वको ‘काली बग्यो सलिसलि’ (भिडियो सहित)
काठमाडौं ।मोफसलमा रहेर गीत संगीतमा सक्रिय रुपमा अघि बढिरहेका गायक लक्ष्य बिश्व र शान्तिश्री परियारको स्वरमा ‘काली बग्यो सलिसलि’ बोलको सति प्रथामा आधारित मार्मिक,मर्मस्पर्सी गीतको भिडियो लक्ष्यबिश्व युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।

अत्याधिक रुचाइएको यो गीतमा गायक बिश्वलाई बिन्दु बिक, सुनिता बिक,रबिन सुनार,अनिल सुनारले स्वरमा साथ दिएका छन् । परिकल्पना तथा शब्द, संगीत रञ्जित सुनार, संगीत सञ्योजन मदन केसी, अडियो भिडियो लक्ष्य बिश्व अधिकारीको रहेको छ ।
आशिष बिश्वकर्मा,स्मारिका ढकालको मुख्य भूमिका रहेको भिडियोमा छायांकन देव दोर्जे लामा,श्रृंगार तुलसा लिम्बु, सम्पादन एवं कलरिङ नविन घर्ती मगर,कथा निर्देशन जेरी भण्डारीको रहेको छ ।