दक्षिण कोरियामा ‘खोटाङ हलेसी सांगीतिक सौगात भाग-५’ आयोजना गरिने



दावा जाङबु शेर्पा,काठमाडौं।कोरियन नयाँ वर्ष सलनालको अवसरमा खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा जनवरी २९ तारिख आयोजना हुन लागेको ‘खोटाङ हलेसी सांगीतिक सौगात भाग-५’ को कार्यक्रमको तयारी तिब्र पारिएको छ।

नेपाली सम्पर्क समिति दक्षिण कोरियाको सहजीकरण र पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वयमा सलनालको दोस्रो दिन जनवरी २९ तारिख बुधबारका दिन हुने “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को तयारी भईरहेको संस्थाका सहसचिव फुतेेम्बा शेर्पाले जानकारी दिनुभयो ।

आयोजकले पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्डसंगै नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकार हरु गायिका मिना राइ र युवा पुस्तामाझ लोकप्रिय गायक केहर सिङ लिम्बुको साथमा सामाजिक कल्याणकारी कार्यको सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागिएको संस्थाले जनाएको छ। 서울특별시 강남구 태헬란로 7길 32(국깅원) मा नेपालबाट आमन्त्रित कलाकारहरू र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने कार्यक्रमस्थलसम्म पुग्नको लागि दोङ्देमुन ३ नम्बर गेटबाट बसको समेत व्यवस्था गरेको आयोजकले जनाएको छ।

‘खोटाङ हलेसी सांगीतिक सौगात भाग-५’कार्यक्रमलाइ सफल पार्नको लागि विभिन्न समिति बनाएर हाल तीव्र रुपमा प्रचारप्रसार अघि बढिरहेको‌ बताउँदै कार्यक्रमलाइ सफल पार्न आर्थिक,नैतिक र भौतिक रुपमा साथ सहयोग गरि कार्यक्रममा प्रत्यक्ष उपस्थित भइ भब्य मनोरञ्जन लिन दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्