जनचेतनामूलक टेलिश्रृंखला‘गाउँफर्क’को लिरिकल गीत सार्वजनिक



काठमाडौं । लेखक तथा निर्देशक विश्वमणी घिमिरे र एलबी कटवालको निर्देशनमा बन्ने जनचेतनामूलक टेलिश्रृंखला‘गाउँफर्क’को लिरिकल गीत सार्वजनिक भएको छ ।

गीत अंग्रेजी नयाँ वर्ष २०२५ तथा टोपी दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो।गीतको भिडियोमा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला,कलाकार सुवास गजुरेल,उत्तम केसी र सुभेक्षा थापा लगायतलाई देख्न सकिन्छ ।

यस्तै गीतमा कलाकारहरू मुकुन्द मैनाली,मनमाया कटवाल, लक्ष्मीनाथ तिम्सिना,अशोक सिवाकोटी,अस्मिता बस्नेत,आसा भुसाल,इच्क्षा सिंह,प्रतीक्षा काफ्ले,मुभ थापा र चन्दा भट्टराईलाई देखाइएको छ ।

गाउँ घरको कथा र बिदेसिएका नेपालीहरूको व्यथालाई गीतले समेटेको छ ।शङ्कर अधिकारी घायलको शब्द,विकास चौधरीको सङ्गीत र नारायण थापाको स्वर रहेको गीत‘गाउँफर्क’युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

निर्देशक घिमिरेका अनुसार यो टेलिश्रृंखला धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.४, चानुवामा छायाङ्कन गरिने र नेपाल टेलिभिजनबाट चाँडै प्रसारणमा आउने छ । उनकाअनुसार आम नागरिकले टिकटक,फेसबुक र युट्युबलगायतको सामाजिक सञ्जालमा गाउँफर्कको गीतमा अडियो लिई भिडियो बनाउँदा कुनै कपिराइट नलाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्