बैंकिङ कसुर आरोपमा वडाध्यक्ष पक्राउ



विराटनगर । बैंकिङ कसुर आरोपमा प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मोरङको जहदा गाउँपालिका ३ का एक पीडितको जाहेरीका आधारमा कामत पक्राउ परेका हुन् ।बैकिङ कसुर आरोपमा मंसिर २५ गते मोरङ अदालतले कामतविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ । उनका अनुसार ५ लाखको चेक बाउन्स भएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्