प्रधान सेनापति सिग्देल भारत प्रस्थान



काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देल भारत प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा सिग्देल मंगलबार ९ सदस्यीय भ्रमण दलका साथ भारत प्रस्थान गरेका हुन् ।

सिग्देल प्रधान सेनापतिमा नियुक्त भए पश्चात् उनको यो पहिलो विदेश भ्रमण  हो। भ्रमणका क्रममा प्रधान सेनापति सिग्देललाई भारतका महामहिम राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सुशोभन गर्ने लगायतको कार्यक्रम रहेको छ। 

भ्रमण दलमा सैनिक श्रीमती संघकी अध्यक्ष तथा उनकी श्रीमती नीता क्षेत्री सिग्देल पनि सम्मिलित छिन् । भारत प्रस्थान गरेका प्रधान सेनापतिलाई बलाध्यक्ष रथी प्रदीप जंग के.सी.ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्