रास्वपा सभापति लामिछाने प्रकरण : रास्वपाले गुहार्‍यो मानव अधिकारी आयोग



काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा मानवअधिकार हनन् भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।

लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्नुका साथै उनको व्यक्तिगत मानवअधिकार हनन् गरेको भन्दै रास्वपाले मानवअधिकार आयोगमा उजुरी दिएको हो । राज्य संयन्त्रले नियोजित रूपमा लामिछानेलाई अपराधीका रूपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न गरेकोसमेत रास्वपाले उजुरीमा उल्लेख गरेको छ ।

रास्वपाले लामिछानेको जीउज्यानको सुरक्षा तथा मानवअधिकारको रक्षा गरी न्याय प्रदान गर्न मानवअधिकार आयोगको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी व्यक्ति तथा संघसंस्था समक्ष अपिल पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्