नेपाललाई असफल मुलुक बनाउनमा दलहरुले भूमिका खेलिरहेका छन् : प्रा.डा. आचार्य
काठमाडौं।संयुक्त राष्ट्र संघका लागि नेपाली पूर्व राजदूत तथा प्राध्यापक डा.जयराज आचार्यले नेपाललाई असफल मुलुक बनाउनमा कर्मचारीतन्त्रले नभई राजनीतिक दलहरुले भूमिका खेलिरहेको बताउनुभएको छ ।
नवनियुक्त राजपत्रांकिय श्रेणी,शाखा अधिकृतको सम्मानमा सेडेप नेपाल (नेम) ले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्राध्यापक डा.आचार्यले यस्तो बताउनुभएको हो ।
कर्मचारीतन्त्रमा राजनीतिक दलका विभिन्न संघ,संगठनहरुको प्रभावका कारण कर्मचारीको वृत्ति बिकासमा समस्या हुने गरेको साथै चाहे जस्तो प्रतिफल दिन नसकेको हुँदा दलका संघ,संगठन खारेज हुनुपर्ने आचार्यको भनाई छ ।
डा.आचार्यले जनतालाई छिटो,छरितो र प्रभावकारि रुपमा सार्वजनिक सेवा प्रवाह गर्न कुनै दाग नलाग्ने गरी इमान्दारीपूर्वक कर्तव्यनिष्ठ भएर जनताको सेवामा लाग्न नवनयुिक्त शाखा अधिकृतहरुलाई अनुरोध गरे ।
शाखा अधिकृत तलबमान निकै कम रहेको बताउँदै डा. आचार्यले कर्मचारीतन्त्रको आकार घटाएर भए पनि तलबमान कम्तीमा ६० हजार बनाउनु पर्ने सुझाव दिए ।
सेडेप नेपालले नेपाल प्रशासन सेवा,सामान्य प्रशासन,लेखा,राजश्व तथा लेखापरीक्षण सेवा,न्याय सेवा र परराष्ट्र सेवाका नवनयुिक्त शाखा अधिकृथरुलाई सम्मान गरेको हो । सेडेप नेपाल बिगत १८ बर्षदेखि सरकारी सेवाका प्रवेशको लागि सहजीकरण तथा मार्ग निर्देशन गर्दै आएको छ ।