सक्रिय प्रवासी नेपाली समाज मलेसियाको सहयोगमा विद्यार्थीहरुलाई न्यानो सुइटर तथा शैक्षिक सामाग्री बितरण



दावा जाङ्बु शेर्पा,रामेछाप।सक्रिय प्रवासी नेपाली समाज मलेसियाले रामेछापको दुर्गम हिमाली गाउँ उमाकुण्ड–१ गुम्देलका विभिन्न विद्यालयमा पढ्ने विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ ।

उमाकुण्ड गाउँपालिका–१ स्थित श्री प्रवित्रा नुम्बुर हिमालय आधारभूत विद्यालय तेछिम, श्री उमातिर्थ आधारभूत विद्यालय क्यामा र श्री हिमालय आधारभूत विद्यालय लहाछेवारमा अध्ययनरत विद्यार्थीहरूलाई बिहीबार र शुक्रबार न्यानो सुइटर र ब्याग वितरण गरिएको उमाकुण्ड गाउँपालिका शिक्षा शाखा प्रमुख ङावा शेर्पाले जानकारी दिनुभयो ।

सक्रिय प्रवासी नेपाली समाज मलेसियाको समूहले देउसी भैलो कार्यक्रमबाट संकलन भएको पैसा बिद्यालयलाई सहयोग गरेको समूहका दावा शेर्पाले जानकारी दिनुभयो ।वहाँका अनुसार स्टेशनरी सामान खरिद गर्न छोङ ङिम शेर्पाले पोल्यान्डबाट सहयोग गर्नुभएको हो।जाडोको समयमा सुईटर तथा झोला र स्टेसनरी सामान पाएपछि विद्यार्थीहरु खुसी हुनुका साथै विद्यालय र अभिभावकहरुले सक्रिय प्रवासी नेपाली समाज मलेसियाप्रति धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्