महासंघको नेतृत्वका लागि चौतारी र युनियनको गठबन्धन,टुंगियो भागबण्डा



काठमाडौं ।मंसिर २८ गते हुने नपाल पत्रकार महासंघको निर्बाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबीच गठबन्धन ब्भएको छ ।

दुबै संगठनको नेतृत्वले केन्द्रदेखि जिल्ला तहसम्म गठबन्धन गर्ने गरी शुक्रबार भागबण्डा टुंग्याएको हो।सहमति अनुसार प्रेस चौतारीले केन्द्रमा अध्यक्ष,महिला उपाध्यक्ष,आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजकसहित २२ सदस्य पाउनेछ भने बाँकी पदाधिकारी युनियनले पाउँनेछ।

यस्तै,प्रदेशको नेतृत्वमा पनि भागबण्डा भएको छ । प्रेस चौतारीले जनाएअनुसार कोशी, मधेश, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिएको छ भने बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले पाएको छ ।
यस्तै, जिल्ला अध्यक्षहरुमा पनि भागबण्डा भएको छ । जसमा ४५ जिल्ला अध्यक्षमा युनियन र ३२ जिल्ला अध्यक्ष चौतारीले लिएको छ । जिल्लाहरुको संख्या टुंगिए पनि कसले कुन जिल्ला लिने भन्ने टुंगिन बाँकी रहेको बताइको छ ।

महासंघको निर्बाचन कार्यतालिका अनुसार केन्द्रका लागि आज उम्मेदवारी दर्ता भइ रहेको छ भने प्रदेशका लागि मंसिर २४ र जिल्लाका लागी २६ गते उम्मेदवारी दर्ता हुनेछ।

प्रतिक्रिया दिनुहोस्