सशस्त्रले लियो गाँजासहितको अटो नियन्त्रणमा



इटहरी। सुनसरी जिल्लाको बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट सशस्त्र प्रहरीले गाँजासहितको अटो नियन्त्रणमा लिएको छ ।

विराटनगरबाट चिम्डीतर्फ आउँदै गरेको को १ ह ९३३३ नम्बरको अटोमा करीब ३५ किलोग्राम गाँजा भेटिएपछि बिहीबार सशस्त्र प्रहरी बल, नेपाल विओपी साहेवगंजको चेकप्वाईन्ट टोलीले अटो नियन्त्रणमा लिएको हो ।

अटोरिक्साका चालक सशस्त्र प्रहरीलाई देख्नासाथ अटो सोही ठाउँमा छाडी फरार भएका थिए।नियन्त्रणमा लिईएको अटो र गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्