प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा सम्पन्न



काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकालीको सभाहलमा बुधबार सम्पन्न भएको छ ।

सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्तावलाई अनुमोदन गरेको छ ।

बैंकको चुक्ता पुँजी रु १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रहेको छ । सो सभामा अध्यक्ष श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल रु १ खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात् २०.६९ प्रतिशतले वृद्धि गरी कुल रु २ खर्ब १५ अर्ब ५१ करोड पुगाएको बताए ।

प्रतिक्रिया दिनुहोस्