गीतकार मनुहाङ किरातीकृत सातौं गीत सार्वजनिक (भिडियो सहित)
सोलुखुम्बु । गीतकार मनुहाङ किराती साेलुद्वारा रचित गीत सार्वजनिक भएकाे छ । साेलुखुम्बुकाे दुर्गम गाउँमा जन्मिएका किरातीकाे शब्दमा रेकर्ड भएकाे यो गीत साताैं हाे ।
सुस्मिता कुलुङ युट्युव च्यानलबाट सार्वजनिक उक्त गीत ए लेभल रेकर्डिङ स्टुडियाेबाट रेकर्ड भएकाे हाे । महाकुलुङ आइडल समेत भईसकेकाे निर्मल निशानकाे प्रथम स्वर र लयमा भरिकाे उक्त गीतमा माया पिरतीकाे भावमा विछाेडका पीडा व्यक्त गरेकाे छ।
गीतले नेपाली साँगीतिक क्षेत्रमा दुर्गम गाउँ महाकुलुङ बासीहरुका लागि अर्काे खुसीकाे खबर ल्याइकाे छ । गीत लेखनसँगै कविका रुपमासमेत आफ्नो परिचय बनाउन सफल किराती महाकुलुङकाे साहित्य क्षेत्रका एक सशक्त अभियन्ता समेत हुन् ।
यो गीतसँगै किरातीको रेकर्डेट गीतहरु सालपा सिलिछाेमी, महाकुलुङ गान, गुदेल मावि हिरकगान, मुर्चुङगा र बिनायाे आदि गीतहरु सार्वजनिक भईसकेका छन् ।साहित्यक कृतिहरुमा सिर्जनाकाे मञ्जरी कविता सँग्रह(२०७५)मनकाे डायरी गजल संग्रह(२०७६)चाेचाेलुङ रिङरिदुम मन्धुम सँग्रह(संयुक्त लेख २०७७)सिर्जनाकाे पारखी बाल कविता सँग्रह (२०७८)गुदेल मावि हीरक स्मारिका सम्पादन (२०७९)आदि कृतिहरु प्रकाशित छन।
नेपाल गीतकार संघका सदस्यसमेत रहेका किरातीले गीत लेखन तथा साहित्य क्षेत्रमा पुर्याएको योगदान वापत विभिन्न पुरस्कार तथा अवार्ड प्राप्त गरिसकेका छन्।