मैना रोबोटले दिन थाल्यो नेपाल टेलिकमको सेवा



काठमाडौं।नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि मैना रोबोटले सेवा दिन थालेको छ ।टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबोटलाई आजदेखि प्रयोगमा ल्याएको हो । रोबोटको नाम ‘मैना’ राखिएको छ ।

रोबोटले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरुको विषयमा ग्राहकहरुलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताए ।

उनले आज मैना रोबोटको डेमो गरिएको जानकारी दिए । उनले सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालय बनाउने हिसाबमा विभिन्न कार्यहरु सुर गरेको पनि बताए ।

उनले सोही लक्ष्यअनुरुप रोबोट सर्भिस डेलिभरी सुविधा सुरु गरिएको बताए । रोबोटलाई ६ सय प्रश्नको तालिम गराइएको छ ।

नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका बारेमा ग्राहकहरुले रोबर्टसँग जिज्ञासा राख्नसक्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्