थुलुङ दुधकोशी गाउँपालिकाको वित्तीय प्रगती ९१.५८ प्रतिशत



सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पालिका क्षेत्रभित्रका घरहरूलाई वैज्ञानिक दर्ता प्रक्रियामा लैजाने भएको छ।

गाउँपालिका अध्यक्ष अशिम राईको अध्यक्षतामा बुधबार सम्पन्न कार्यपालिका बैठकले सो निर्णय गरेको हो।त्यसका लागि नक्सा पास सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यको अध्ययनका लागि वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको गाउँपालिकाले जनाएको छ ।समितिलाई १५ दिनभित्र कार्ययोजना सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी बैठकले प्रदान गरेको संयोजक एबम् गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए।

आ.व. २०८०/०८१ को यस गाउँपालिकाबाट विनियोजित बजेट, योजना तथा कार्यक्रमहरूको शाखागत रूपमा वार्षिक समिक्षा गरिएको सो बैठकमा प्रशासकीय अधिकृत प्रशन्नदिप राईले आ.व. २०८०/०८१ को वित्तीय प्रतिवेदन, क्षेत्र/उपक्षेत्र अन्तर्गतका विनियोजन तथा खर्चसमेतको विवरण पेश गर्दै वित्तीय प्रगति ९१.५८ प्रतिशत रहेको जानकारी गराएका थिए ।

प्रबक्ता कार्कीका अनुसार गाउँपालिका अन्तर्गतका ३६ विद्यालयहरूको School profile निर्माण गर्ने र सम्पूर्ण विद्यालयमा कक्षा ECED देखी ३ सम्म
Disability Screening सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

वार्षिक समिक्षामा गाउँपालिका अध्यक्ष राईले सफल अभ्यासको रूपमा स्थापित कार्यलाई निरन्तरता दिने र विद्यमान चुनौतिहरूलाई समयसापेक्ष समाधान गर्दै चालु आ.व.लाई थप प्रभावकारी बनाउन सम्पुर्ण पक्ष थप जिम्मेवार हुनुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्