विश्व शेर्पा दिवसको अवसरमा शेर्पा संघ अमेरिकाले डिजे डान्स पार्टी आयोजना गर्ने



दावा शेर्पा,काठमाडौं।हरेक बर्ष अक्टोबर ८ का दिन मनाइने विश्व शेर्पा दिवस अर्थात ग्लोबल शेर्पा डे यस बर्षबाट शेर्पा संघ अमेरिकाले आयोजना गर्ने भएको छ । डिजे सहित शेर्पा कल्चर, शेर्पा सम्बन्धित नादिङ गीतहरू र बिचबिचमा शेर्पालाई अवश्यक उपायोगी प्रबचन तथा धार्मिक कुराहरु अङ्रेजी भाषामा दिएर विसुद्ध रुपमा शेर्पा युवाहरुलाई शेर्पा संस्कृतिसंग जोड्ने कार्यक्रमको उद्देश्य रहेको बताईएको छ।

सो अवसरमा शेर्पा युवाहरुलाई समेटेर डिजे डान्स पार्टी कार्यक्रम आयोजना गर्ने शेर्पा संघ अमेरिकाले जनाएको छ।संघद्वारा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार डिजे डान्स पार्टी कार्यक्रम बर्षिक रुपमा आयोजना हुने र सोही कार्यक्रमको उद्घाटन समारोहमा बिश्व शेर्पा संघका संस्थापक अध्यक्ष आङ दोर्जी एडी शेर्पा प्रमूख अतिथिको रुपमा सहभागी हुने छन्। डिजे कर्यक्रममा ख्यातिप्राप्त नेपालका प्रथम डीजे तेन्जिङ शेर्पासंगै न्युयोर्कको चिरपरिचित डिजे यल एस जङबु शेर्पाले साथदिने जानकारी दिइएको छ। 

बिश्व शेर्पा संघको सेप्टेम्बर ७ तारिखका दिन सम्पन्न बैठकले विश्व शेर्पा संघको पहिलो सम्मेलन भएको दिन अक्टोबर ८ लाई ‘विश्व शेर्पा दिवस’को रुपमा मनाउँदै आएको र सबै देशको शेर्पा संघ तथा किदुगहरुलाई विश्व शेर्पा दिवस मनाउन अनुरोध गर्ने निर्णय भएको महासचिव आङजङबु शेर्पाले जानकारी दिए।

बिश्व शेर्पा दिवस अक्टोबर ८ लाई कायम गर्न न्युयोर्क सिटीको राज्यस्तरमा पनि अक्टोबर ८ कायम गर्न लाई पहल भईरहेको शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङदोर्जी शेर्पा एपी लामाले जानकारी दिए।ख्यातिप्राप्त नेपालका प्रथम डीजे तेन्जिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा सफलता पूर्वक आरोहण सन् २०२४ मे २१ तारिख मंगलबारका दिन,बिहान ४:४७ बजे आरोहण गरी शेर्पा संघ अमेरिकाको लोगो अंकित झण्डा फहर्‍याएका थिए।

कीर्तिमानका लागि प्रथम डीजे तेन्जिङ शेर्पालाई शेर्पा संघ अमेरिकाको लोगो अंकित झण्डा सगरमाथाको चुचरोमा फहर्‍याउन सफल भएकोमा हर्दिक बधाईसहित खादा मालाले सम्मान गर्दै शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा (एपी लामा)ले पत्रकार सम्मेलन मार्फत धन्यवाद व्यक्त गरेका छन्।

संघका सल्लाहकार आङदावा शेर्पाले यो डिजे पार्टी युवाहरुमा एक रुपता ल्याउनका लागि महत्त्वपूर्ण कार्यक्रम भएको र अर्का सल्लाहकार आङफुरी शेर्पाले युवाहरुलाई राजनीतिक क्षेत्रमा संगठित गर्नुपर्ने र सबै शेर्पाहरुमा राजनीतिक चेतनाको आवश्यक भएको सल्लाह सुझाव दिनुभएको थियो । र बिश्व शेर्पा संघका बरिस्ठ उपाध्यक्ष ङिमा शेर्पाले हुन लागिरहेको डिजे पार्टी कार्यक्रम एक एकदमै राम्रो कार्य भएको प्रतिक्रिया व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्